एक्सक्लुसीभ

कार्की आयोगको प्रतिवेदन: ओली, लेखक र खापुङलाई ३ देखि १० वर्षसम्म जेल सजाय सिफारिस

काठमाडौं । भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालीन उच्च पदस्थ अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको छ ।

भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।

जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको प्राप्त गरेको उक्त प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको सिफारिस गरिएको छ ।

कारबाहीका लागि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । सो दफाहरूमा लापरबाही र हेलचेक्र्याइँका कारण कसैको ज्यान लिन नहुने व्यवस्था गरिएको छ ।

सिफारिसमा कार्यकारी प्रमुख, गृहमन्त्री र प्रहरी महानिरीक्षकसहित तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१(१) र दफा १८२ अनुसार कसूरको आधारमा अनुसन्धान, तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको उल्लेख छ ।

सिफारिसमा भनिएको छ–‘कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली,तत्कालीन गृहमन्त्री श्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक श्री चन्द्रकुबेर खापुङ सहित उहाँहरु तीन जनालाई मुलुकी अपराध संहिता,२०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसूर हेरेर अनुसन्धान, तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने निर्णय गरियो ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.