नेपाल

पृथ्वीराजमार्गको सेराटारमा गएको सुख्खा पहिरोका कारण दुवैतर्फ सडक अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार साँझ करीव ५ बजे सडकभन्दा करिब ३० मिटर माथिबाट अचानक पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको हो ।

पहिरो खसेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा १५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्धारिकाप्रसाद घिमिरेका अनुसार अहिले प्रहरी टोली र दुई वटा जेसिबीको प्रयोग गरी तदारुकताका साथ पहिरो पन्छाउने काम भइरहेको छ ।

“पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउन प्रहरी र जेसिबीको सहयोगमा निरन्तर काम भइरहेको छ’’, घिमिरेले भन्नुभयो । सडक अवरुद्ध हुँदा पृथ्वीराजमार्ग भएर गन्तव्यतर्फ गइरहेका सवारी साधनहरू तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन् । पहिरो हटाएर जतिसक्दो चाँडो यातायात सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्