डायस्पोरा

सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सांस्कृतिक साँझ हुने

सिड्नी ।  ‘ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल  सेन्टर’ले  ‘सदस्य सम्मान तथा अर्थ सङ्कलन साँझ’ कार्यक्रम आयोजना गर्ने भएको छ । सेन्टरले नोभेम्बर २७ मा सिड्नीको हर्सभिलमा रहेको मराना हल र नोभेम्बर २८ मा सिड्नीको वेस्ली कन्फ्रेन्स हलमा सांस्कृतिक साँझको आयोजना गर्ने भएको हो ।

अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको उपस्थिति, योगदान र पहिचान दिनप्रतिदिन विस्तार हुँदै गइरहेकोले नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

संस्थाका अध्यक्ष विष्णु हमालले भने– ‘नेपाली बहुसांस्कृतिक केन्द्र केवल एउटा भवन निर्माण गर्ने योजना होइन । यो नेपाली समुदायको वर्तमान आवश्यकता र भावी पुस्ताको भविष्यसँग जोडिएको साझा सपना हो ।‘

कार्यक्रममा सहभागी हुन नेपालबाट कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल र शान्तिश्री परियारका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सिड्नी आउँदैछन् ।

केन्द्रले भविष्यमा भाषा र संस्कृतिको संरक्षण, अस्ट्रेलियामा हुर्कँदै गरेका दोस्रो तथा तेस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्ने काम गर्ने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्