डायस्पोरा

एनआरएनएको निर्वाचन प्रक्रिया बारे पाटन उच्च अदालतले दुवै पक्षलाई फाल्गुण २९ गते छलफलको लागि बोलायो

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न माग गर्दै संघका युके अध्यक्ष प्रेम गाहा मगरले उच्च अदालत पाटनमा दर्ता गरेको रिट निवेदन उपरको सुनुवाइमा दुवै पक्षलाई फाल्गुण २९ गते छलफलको लागि बोलाउने आदेश भएको छ ।

पाटन उच्चअदालतका न्यायाधीशको एकल इजलासमा बुधवार भएको सुनुवाईमा दुवै पक्षको सुनुवाई गरि अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्णयमा पुग्नु उपयुक्त हुने देखिएकाले मिति २०८२ फाल्गुण २९ गते छलफलको लागि तोकिएको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न संघका युके अध्यक्ष प्रेम गाहा मगरले उच्च अदालत पाटनमा दर्ता गरेको रिट निवेदन उपरको सुनुवाइमा अन्तरिम आदेश दिने नदिने विषयमा फाल्गुण २९ गते छलफलको लागि बोलाएको कारण संघको १२ औं महाधिवेशन अनिश्चत बनेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.