एक्सक्लुसीभ

एनआरएनए निर्वाचन : कोलोराडो भन्छ, ‘सतेन्द्र शाहको समूहलाई भोट दिने हो’

लस-एन्जलस । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनको मिति दोस्रो पटक घोषणा भएपछी विभाजित र अन्यौल ग्रस्त नेपाली समुदाय आइतबार हुने निर्वाचनलाई लिएर थोरै उत्साहित र थप तरंगित बनेको छ ।

अधिकांस मतदाता संघको विभाजन प्रति रुष्ट देखिन्छन । बर्तमान नेतृत्व प्रति आक्रोशित भेटिन्छन । हिमालयन भ्वाइसले यस पटक कोलोराडोका ५५ सदस्यसंग टेलिफोन अन्तरक्रिया र चुनावी मत सर्वेक्षण गरेका थियौ ।

सर्वेक्षणमा सहभागी अधिकांसको चासो र चिन्ताको विषय थियो संघको विभाजन, नेपाली नागरिकता निरन्तरताको मुद्धा ओझेलमा परेको विषय र पैत्रिक सम्पतिको संरक्षणमा संघको नेतृत्वले काम नगरेकोमा उनीहरुको गुनासो थियो ।

हामीले प्रतिष्पर्धामा रहेका तीन उम्मेदवारहरु मध्य क्रमश सतेन्द्र शाह, रामहरी अधिकारी र भानु खरेल कसलाई रोज्नु हुन्छ भनेर सिधा प्रश्न गरेका थियौ ।

संघका झन्डै १३ हजार सदस्यको भावना बिपरित संघको भावी नेतृत्वको चयन गर्ने निर्वाचन प्रक्रिया समेत विवादित पार्ने बर्तमान नेतृत्व प्रति रुष्ट सदस्यहरुले हामीलाई प्रतिप्रश्न गरे, कहिले सम्म विभाजन, कलह र फुटको मार व्यहोर्ने हो अमेरिकमा नेपाली डाएस्पोराले, के हाम्रो जन्म सिद्ध नागरिकताको हक फिर्ता हुन्छ? उनीहरुको सामुहिक जिज्ञाशा थियो ।

सार्वजनिक बहसमा समेत सहभागी हुन नसकेको भन्दै अध्यक्ष प्रत्याशी रामहरी अधिकारी र भानु खरेलको आलोचना गर्ने सदस्यहरुले सिधा उत्तर दिए, ‘एनआरएनए बचाउन सतेन्द्र शाहको टिमलाई भोट दिने हो ।

यस अघिको कार्यकालमा एनआरएनए अमेरिका विभाजित गरेको आरोप लगाउदै अध्यक्ष प्रत्यासी भानु खरेल र रामहरीको आलोचना गर्ने अधिकांस सदस्यको भनाइमा यस पटक नयाँ अनुहार चुन्ने हो ।

हामीले सहभागीहरु मध्यका कोलोराडोका एक सदस्यलाई सोधेको प्रश्नको उत्तरमा उनीले भनिन, ‘म सतेन्द्र टिमलाई भोट हाल्छु र विशेष गरि अध्यक्ष शाह प्रति आस लागेको छ । उनको रोजाइमा, मोहन वाइबा, मोहन न्यौपाने, करिना कुवर र रबिन्द्र उप्रेतीको भोट माग्ने शैली र एजेन्डाबाट प्रभावित छु र मेरो मत उनीहरुलाई जान्छ । पोखरा घर भएका अर्का एक सदस्यले भने भानु खरेललाई भोट हाल्ने बताए। अर्का एक सदस्यले भने अध्यक्षमा रामहरी अधिकारी र उपाध्यक्षमा मोहन वाइबालाई मत दिने बताए ।

हामीले कोलोराडोका ५५ जना सदस्यसंग सोधेको थियौ जस अनुसार अधिकांसले खुलेर आफ्नो रोजाइको उम्मेदवार र समुहको नाममा भोट दिने मत सार्वजनिक गरे । सहभागी कुल ५५ सदस्य मध्य ३५ जनाको रोजाइ सतेन्द्र शाह र उनको टिम थियो भने १२ जनाले रामहरी अधिकारी रोजे भने बाँकी ८ जनाले भानु खरेल रोजेका थिए । अन्य पदमा सर्वाधिक सदस्यको रोजाइमा थिए उपाध्यक्षमा मोहन वाइबा, विष्णु खत्री, परशुराम दाहाल र सन्तोष पहाडीको नाम भने महासचिवमा मोहन न्यौपाने, कोषाध्यक्षमा रबिन्द्र उप्रेती र महिला संयोजकमा करिना कुवरको नाम अधिकांसले जित्ने र मत दिनेको सुचिमा रहेको बताए ।

हामीले सर्वेक्षणमा सहभागीहरुको नाम मतदाता सुचिमा रहेको नामबाट छानेर टेलिफोन मार्फत संवाद र सर्वेक्षण गरेका थियौ ।

कोलोराडो निवासी निमा शेर्पाले, आफु पनि संघको कोलोराडो च्याप्टरको उम्मेदवार भएको बताउदै संघको हालको नेतृत्व निकम्मा भएको असन्तुष्टि व्यक्त गरे । उनले तपाइको रोजाइको उम्मेदवार को हो र किन भोट दिने भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘यस अघिको कार्यकालमा संघ विभाजित भयो, समुदाय विभाजित भयो यस कारण पुरानालाई भोट दिने कुरै आउदैन । सतेन्द्र शाहजी को टिममा नेपालको तश्वीर झल्किन्छ यस कारण उनको समूहलाई भोट दिने हो।

कोलोराडोकै दिल कुमारी श्रेष्ठका अनुसार टिम सतेन्द्रमा महिला र युवाको मुद्धा उठाउन सक्ने करिना कुवर रहेकोले टिम सतेन्द्रलाई भोट दिने बताइन । दिल कुमारी श्रेष्ठ भन्छिन्, ‘धेरै भयो नेपालको राजनीति, यहि रहेका दोस्रो पुस्ता र महिलाको मुद्धा उठाउने करिना बहिनिको टिमलाई भोट दिने हो ।’

युवा सशन पौडेलले हाम्रो प्रश्नको उत्तर दिदै भने, ‘हामि युवालाई जोड्ने, हाम्रो हक हितमा बोल्ने कुरामा यस अघिको नेतृत्वले कहिले सोचेन । यस पटक आर्थिक रुपले पारदर्शी रबिन्द्र उप्रेती र युथ भ्वाइस संबोधन गर्ने करिना कुवरको टिम सतेन्द्रलाई भोट दिने हो ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.