एक्सक्लुसीभ

विभागका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी तिलकराज चौलागाईंले पानी नपरेकाले धान रोपाइँ कम भएको जानकारी दिनुभयो ।

काठमाडौँ, । आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ ।

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ । यस वर्ष पानी नपर्दा धान रोपाइँ कम भएको हो ।

कृषि विभाग अनुसार १२ असारसम्म मुलुकभर ११.३३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा १५.६ प्रतिशत धान रोपाइँ भएको थियो । मुलुकभर धान रोपाइँ हुने १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२.७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यस्तै बागमती प्रदेशमा १२.६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९.३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८.३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

विभागका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी तिलकराज चौलागाईंले पानी नपरेकाले धान रोपाइँ कम भएको जानकारी दिनुभयो । पहाडी क्षेत्रमा धान रोपाइँ छिटो भए पनि तराईमा भने रोपाइँ ढिला हुने गर्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्