डायस्पोरा

तीजको रहर…आउनुहोस राजै दर खान, एकता समाजमा

लस-एन्जलस । एउटा तीज गीत छ, जुन गीतमा दक्षिण क्यालिफोर्नियाका चेलीबेटी देखि आमा दिदि बहिनी सवैले गुन गुनाउछन, मन खोलेर माइती सम्झिदै छम-छम कम्मर मर्काउछन, ‘तीजको रहर आयो बरिलै’ ।’ जसरी कन्यादान फिल्मको यो गीतमा नेपाली महिलाहरु स्वदेश र बिदेशमा वर्षौंदेखि नाचिरहेका छन् ।

नौडाँडा काटेर गएका चेली भाग्यले भेट हुन पाएको, अर्को वर्ष भेट होला नहोला ? भने जस्तै त्यो नेपालको माइती देश छोडेर परदेशमा सुन्दर भविष्यको सपनामा अहोरात्र काम गरिरहेका चेलीबेटी देखि आमा दिदि बहिनी सवैलाई जोडेको छ नेपाली एकता समाजको दर खाने र नाच्ने तीजको यो कार्यक्रममा, यो मिलनमा ।

स्थानीय इन्दिरा कार्की ‘तीजको रहर आयो बरिलै…’ लाई आफूले कहिल्यै बिर्सिन नसक्ने बताउँछिन् । उनको भनाईसंग नानु थापा र रन्जना ढकालको पनि सहमति छ । एकता समाजले परदेशमा चेलीबेटी देखि आमा दिदि बहिनी सवैलाई बोलाएर एक साँझ माइती पुगेको अनुभूति गराउछ, दिदि बहिनि भेटेर दुख साट्ने मेसो मिलाउछ ।

यसोत बिष्णु माझीले गाएको गीतमा टिक टक नबनाई इन्दिरा कार्कीलाई तीजको रन्को लाग्दैन । बिष्णु माझीको तीज गीतमा टिक टक र रिलमा कम्मर मर्काउन नचाहने कुन युवती र महिला होलान? भन्नु हुन्छ सीता ढकाल । तीजको रहर…आउनुहोस राजै दर खान, एकता समाजमा भन्ने निम्तो आउला वा नआउला तर आयोजक नेपाल अमेरिका एकता समाजद्वारा १७ अगष्ट, २०२५ साँझ स्थानिय शाही महल रेस्टुरेन्टमा आयोजित तीज उत्सव २०२५ कार्यक्रममा अध्यक्ष अर्जुन पौडेल, संयोजक अमृत महतोले चुल्हे निम्तो दिदै भनेका छन्, ‘आमा दिदि बहिनी सवैलाई तीजको शुभकामना ।’

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.