डायस्पोरा

नेपाली अमेरिकन रक्तदाताहरु संगठित हुदै: फ्लोरिडा राज्य समिति पुनर्गठन

फ्लोरिडा । गत साता नेपाली अमेरिकन रक्तदाताहरु फ्लोरिडाको ट्याम्पा सहरको नजिकै पर्ने लेकल्यान्ट टाउनको एक रेस्टुरेन्टमा भेला भएर फ्लोरिडा राज्य समिति पुनर्गठन गरेका छन् ।

फ्लोरिडा राज्य समिति पुनर्गठन समारोहमा प्रमुख अतिथिको रुपमा बिडिए अध्यक्ष महेश्वर पन्त, विशेष अतिथि बडिए सल्लाहाकार अजय सत्याल, विशेष अतिथि अनेसासका निवर्तमान अध्यक्ष तथा अनेसास सल्लाहाकार गोवर्धन पूजा, अतिथिको रुपमा बिडिए उपाध्यक्ष झमक निरौला, बिडिए केन्द्रिय सदस्य चित्र न्यउपाने, अनेसास संस्कृति समिति सल्कलाहाकार लक्ष्मण शर्मा, प्रेम लुईटेल,कुसाल श्रेस्ट, नेहा सत्याल, सारदा पन्त, अनुष्का थापा, शान्ता कट्टेल, राधिका कार्की, लक्ष्मि बस्नेत, बिनोद चालिसे, रमेश लुइटेल, चिरन केसी, पृया के सी, हरि निरौला लगायत नेपाली अमेरिकन रक्तदाताहरुको उपस्थिति रहेको थियो।

समारोहमा आजीवन सदस्यहरुको प्रमण पत्र बितरण गरिएको थियो भने नयाँ कार्यसमितिको घोषणा पनि गरिएको थियो।

अमर कार्की
हरि निरौला
लक्ष्मि बस्नेत
शंकर घिमिरे
चिरन केसी
पृया केसि
वर्लान्डो एरीयाबाट थप्न वाँकि (अध्यक्षबाट)
सल्लाहाकारमा हाल
बिकाश देवकोटा (वर्लान्डो)
धर्म आचार्य- ज्याक्शन भिल
लक्ष्मन शर्मा – ज्याक्शन भिल
रहेक छन्।

बिडिए उपाध्यक्ष झमक निरौला, लक्ष्मण शर्मा लगायतले पनि नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। नयाँ आजीवन सदस्यता को प्रमाण पत्र वितरण गर्दै र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा केन्द्रबाट सहयोग रहनेछ भन्दै प्रमुख अतिथि पन्तले रक्तदानको महत्वबारे पनि छोटो आफ्नो विचार राखेका थिए।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.