भोटेकोशी बाढी पीडितहरूको लागि एनआरएनए युएईद्वारा ११ लाख ३५ हजार सहयोग
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले सङ्कलन गरेको ११ लाख ३५ हजार २४९ रुपैयाँ बाढीपीडितहरूको सहयोगार्थ एनआरएनए आईसीसी सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल कार्की, उपाध्यक्ष सबिन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेतलगायत सम्पूर्ण कार्यसमितिको उपस्थितिमा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले एनआरएनए एनसीसी युएईले सहयोग रकम सङ्कलन गरेको जनाएको छ। सङ्कलित रकम सम्बन्धित पीडितको राहत तथा सहयोगमा उपयोग हुने अध्यक्ष ठकुरीले बताए ।