डायस्पोरा

जापानमा नेपाल फेस्टिवल सरकारले आयोजना गर्नुपर्छ : एनआरएनए अध्यक्ष लामिछाने

टोकियो। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) जापानका अध्यक्ष सुवास लामिछानेले जापानबासी नेपालीहरुबाट थोरैथोरै रकम उठाएर फेस्टिवल गरिरहेको बताउँदै यस्ता कार्यक्रमका लागि नेपाल सरकारबाट सहयोग हुनुपर्ने माग गर्नुभयो।

राजधानी टोकियोको ओदाइबा पार्कमा जुलाई १८ देखि सुरु भएको तीनदिने १५औँ नेपाल फेस्टिवलको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सो कुरा बताउनुभएको हो।

‘धनमा कमजोर भए पनि नेपाल कला, संस्कृतिमा निकै धनी’ भएको बताउँदै अध्यक्ष लामिछानेले जापानमा नेपाली कला, संस्कृति तथा पर्यटनन प्रवद्र्धनका लाग नेपाल सरकार तथा पर्यटनबोर्ड लगायत सबैबाट सहयोगका पहल गरिदिन नेपालबाट उपस्थित सांंसदहरुलाई अनुरोध गर्नुभयो।

अध्यक्ष लामिछानेले फेस्टिवलमा उपस्थित नेपालीहरु अनुशासित नहुँदा हरेक वर्ष आयोजनास्थल फेर्नुपरेको बताउँदै जथाभावी फोहर नगरी सभ्यताको परिचय दिन अनुरोध गर्नुभयो।

त्यस्तै उहाँले स्टलमा राखिएका नेपाली रेष्टुरेन्टहरुले पाहुनाहरुलाई स्वादिष्ट र स्वच्छ खानेकुरा पस्केर अतिथि सत्कार गर्न पनि अनुरोध गर्नुभयो।

अध्यक्ष लामिछानेले नेपाल फेस्टिवलको भव्य उद्घाटन समारोहमा उपस्थित जनसहभागिता तथा प्रायोजक, स्टल संचालक तथा अतिथिहरुको उपस्थितिका लागि आभार व्यक्त गर्नुभयो।

एनआरएनए जापानका सचिव श्याम शितलले संचालन गर्नुभएको फेस्टिवलमा नेपालबाट अतिथिका रुपमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांंसदद्वय खगेन्द्र सुनार र ज्ञानेन्द्र शाहीको उपस्थिति थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्