राजनीति

व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताउनुभएको छ ।

कांग्रेसको देउवा समूहको ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उहाँले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताउनुभयो ।

कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उहाँले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।पार्टीभित्रका विवाद र विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनमा जोड दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्