डायस्पोरा

पछ्यौरी च्यातियो तिमीले तानेर’ प्रकाश सपुतको साथमा एनआरएन स्पेनको दशैँ-तिहार सांस्कृतिक धमाका

यसका अतिरिक्त साधारण सभामा स्पेन सरकारले सुरु गरेको काम गर्ने अनुमति प्रदान गर्ने प्रक्रिया र कागजात बिहिन नेपालीको विषयमा बढिरहेको अन्यौल बारेपनि संघका तर्फबाट स्पेन सरकारको आधिकारिक जानकारी उपलब्ध गराउने प्रयास गरिने संघले जनाएको छ।

दिनेश गिरी, बार्सिलोना। गैर आवासीय नेपाली संघ स्पेनले ‘पछ्यौरी च्यातियो तिमीले तानेर’ चर्चित गीतका गायक प्रकाश सपुतको साथमा तिहार मनाउन, रमाउन र कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ स्पेनले चर्चित गायक प्रकाश सपुतको साथमा नोभेम्बर २ तारिख साँझ ५ बजे “दशैँ-तिहार सांस्कृतिक धमाका २०८६” आयोजना गर्ने भएको हो ।

संघका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार नोभेम्बर २ तारिख गैर आवासीय नेपाली संघ स्पेनको वार्षिक साधारण सभा पछि साँझ साँझ ५ बजे देखि चर्चित गायक प्रकाश सपुतको प्रस्तुतिमा स्पेनमा बसोबास गर्ने नेपालीहरुको दशैं तिहारलाई मनोरन्जनात्मक बनाउन कार्यक्रम आयोजना गरिएको हो ।

गैर आवासीय नेपाली संघ स्पेनको वार्षिक साधारण सभामा स्पेनमा बसोबास गरिरहेका नेपालीहरुको समस्या र बदलिदो राजनीतिक परिस्थिति र स्थानिय निकायसंगको समन्वय र समाजिकिरणको मुद्धामा छलफल गरिनेछ ।

यसका अतिरिक्त साधारण सभामा स्पेन सरकारले सुरु गरेको काम गर्ने अनुमति प्रदान गर्ने प्रक्रिया र कागजात बिहिन नेपालीको विषयमा बढिरहेको अन्यौल बारेपनि संघका तर्फबाट स्पेन सरकारको आधिकारिक जानकारी उपलब्ध गराउने प्रयास गरिने संघले जनाएको छ।

संघका अध्यक्ष श्रेष्ठ आवह्वान गर्छन, ‘म्याड्रिड, भ्यालेन्सिया र बार्सिलोना र क्यातोलिना जहाँ बसेपनि हामी सबैको प्रिय लोक गित पछ्यौरी च्यातियो तिमीले तानेर’ र गायक प्रकाश सपुतको साथमा एनआरएन स्पेनको दशैँ-तिहार सांस्कृतिक धमाकामा सहभागी बनौ र हामि सवैको साझा चाड नाचेर, हाँसेर संगै मनाऔ।’

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्