राजनीति

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति लामिछानेबीच चार घण्टा छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र मित्र राष्ट्र भारतको धार्मिक भ्रमणबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी हुनुहुन्थ्यो । भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

भेटवार्तामा छलफल भएका विषयबारे दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

भेटमा केहि मन्त्रीहरुको प्रभावकारिता नदेखिएको र राजनीतिक नियुक्तिमा भएको ढिलाई बारे छलफल भएको स्रोतको दावी छ । यद्यपि अर्को थरि स्रोतले सभापति रवि लामिछाने शिघ्र सत्ताको नेतृत्व गर्ने तयारीमा दवाव सिर्जना रणनीतिक रुपले भेटेको दावी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्