मनोरंजन

एलिफेन्ट्स इन दी फग’ ओस्कारका लागि चयन

काठमाडौँ । ९९ औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ छनोट भएको छ । दी एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ लाई नेपालबाट सिफारिस गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ओस्कारमा छनोट भएपछि चलचित्र तिनीहरूः एलिफेन्ट्स इन दी फगलाई बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयो, “अविनाशविक्रम शाह निर्देशित चलचित्र अस्कर अवाडर्सका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरै धेरै शुभकामना । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत रहेको पनि उल्लेख गर्नुभएको छ ।

ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) मा यस वर्ष दुई नेपाली कथानक चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ र ‘गौँथली’ ले आवेदन दिएका थिए । जसमध्ये ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ छनोट भएको हो ।

छनोट समितिले चलचित्रको मूल्याङ्कन गरी एकेडेमीको मापदण्ड अनुरूप उच्चस्तरीय एवं उत्कृष्ट एक चलचित्र सिफारिस गर्ने गर्दछ । प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययनपश्चात् उक्त अवार्डमा नेपालका तर्फबाट प्रतियोगीका रूपमा चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ लाई छनोट गरिएको छ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्स फिम्स फेस्टिभलमा जुरी अवार्ड जितेको ‘एलिफेन्ट्स इन दी फग’ गत शुक्रबारदेखि घरेलु बक्स अफिसमा प्रदर्शनरत छ । जङ्गली हात्तीको आतङ्कबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको कथा चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा अभिनेतृ पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकाङ्क्षा कार्कीलगायतको अभिनय रहेको छ । निर्देशक शाहकै पटकथा रहेको चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण

संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्रको निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्