‘मिसेस नेपाल वर्ल्ड’ का २२ फाइनलिस्टहरूको नाम घोषणा
काठमाडौँ। विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि २२ जना अन्तिम प्रतिस्पर्धीहरूको घोषणा गरिएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूलाई ‘स्यास’ (sash) प्रदान गर्दै अन्तिम प्रतिस्पर्धीहरूको परिचय गराइएको थियो। आयोजकहरूले अडिसनमार्फत छानिएका सहभागीहरूलाई उनीहरूको नाम र प्रतिस्पर्धी नम्बर अंकित स्यास प्रदान गरेका थिए।
अन्तिम प्रतिस्पर्धीहरूमा प्रियाशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेच्छा पौड्याल, रश्मा श्रेष्ठ, यास्मिन बेगम सैयद, नेहा गुप्ता, दीप्ति ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अन्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन रहेका छन्।
आयोजक संस्था ‘रिबन इन्टरटेनमेन्ट’ का अध्यक्ष निशुकान्त झाका अनुसार, यस वर्षको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाहरू सहभागी हुँदैछन्।