राजनीति

नेपाली काँग्रेस विवाद, देउवा समूहले अलग्गै महाधिवेशन गर्ने

काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अलग्गै महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार देउवाको निवास महाराजगञ्जमा बसेको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै १४औं केन्द्रीय समितिका सदस्यलाई वर्तमान कार्यसमितिमा सहभागी गराउने निर्णय गरेको थियो । तर त्यो निर्णयलाई देउवा समूहले अस्वीकार गर्दै आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।

देउवा समूहका नेता प्रकाशशरण महतले वडा महाधिवेशनको चार दिनअघि यस्तो आह्वान गर्नुको कुनै तुक नभएको बताए । महतले यसअघि आफ्नो समूहले प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको बताए ।

महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आजै ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए । देउवा समूहको यो निर्णयसँगै अब कांग्रेस दुई भागमा चिरा पर्ने भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्