साहित्य समाचार

गीतकार दिनेश अधिकारीको एकल काव्य साँझ पेरिसमा सम्पन्न

पेरिस । कवि तथा गीतकार दिनेश अधिकारीको एकल काव्य साँझ आयोजना गरिएको छ । फ्रान्सको पेरिसमा आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा उक्त साँझ आयोजना गरिएको हो ।

साहित्य समाज (अनेसास) फ्रान्स च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कवि तथा गीतकार अधिकारीले करिब दुई दर्जन आफ्ना कविता तथा गीत वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा पनि नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राजदूत भट्टराईले फ्रान्समा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकाले पेरिसमा स्रष्टाबाटै गीतसङ्गीत सुन्ने अवसर प्राप्त हुनु सुखद भएको बताउनुभयो ।

अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राम पाण्डे, हरिहर अर्याल र सुमित्रा बुर्लाकोटीले आआफ्ना मन्तव्य राख्नुभएको थियो । गायक रन बराइलीले गीतकार अधिकारीका दुई गीत सुनाउनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्