इमिग्रेशन अपडेट

अमेरिकाले डिपोर्ट गरेको तेस्रो देशका आप्रवासीहरु आफ्नो देशमा राख्न नाइजेरिया असहमत

लस-एन्जलस । डिपोर्ट गरिएका तेस्रो देशका आप्रवासीहरुलाई नाइजेरियाले आफ्नो देशमा राख्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेको छ । नाइजेरिया सरकारले अमेरिकाबाट निष्कासन् गरिएका तेस्रो देशका आप्रवासी नागरिकलाई स्विकार्नु पर्ने ट्रम्प प्रशासनको प्रस्तावलाई अस्वीकार गरेको हो ।

अमेरिकाले अन्य तेस्रो देशहरूबाट निष्कासित आप्रवासीहरूलाई अफ्रिकी देशहरूले लिनुपर्छ भन्ने दवाव दिदै आएको छ। नाइजेरियाका विदेशमन्त्री युसुफ टुग्गरले अमेरिकाले केही अफ्रिकी देशहरूलाई अन्य मुलुकका निष्कासित आप्रवासीहरू लिन दबाब दिइरहेको बताए ।

नाइजेरिया आफै समस्यामा रहेको बेला अन्यदेशका आप्रवासी स्वीकार गर्ने संभावना नै रहेको उनले स्पष्ट पारेका छन । हामी आफै अप्ठारोमा छौ , तिमीहरुलाई कसरी सहयोग गर्न सक्छौ भनेर उनले भनेका छन ।

यो टिप्पणी ट्रम्प प्रशासनले आप्रवासीहरूलाई निष्कासन गर्न थालेपछि आएको सबैभन्दा ठूला अस्वीकारमध्ये एक हो । अमेरिकाले तेस्रो मुलुकका आप्रवासीहरूलाई लिन अस्वीकार गर्ने देशहरूलाई भिसा प्रतिबन्ध र व्यापारिक शुल्कको धम्की दिइरहेको छ।

हालसम्म अमेरिकाले दक्षिण सुडानमा म्यानमार, लाओस, भियतनाम, क्युबा र मेक्सिकोका आठ व्यक्तिहरूलाई निष्कासित गरिसकेको छ। यी व्यक्तिहरूलाई मे महिनामा पूर्वी अफ्रिकाको ड्जिबुटीस्थित सैनिक अड्डामा राखिएको थियो । उनीहरुलाई गत साता मात्रै दक्षिण सुडान पठाइएको हो।

मे महिनामा रुवाण्डाका विदेशमन्त्री ओलिभिए न्दुहुङ्गिरेहेले अमेरिकासँग प्रारम्भिक वार्ता भइरहेको बताएका थिए। अमेरिकाले बेनिन, इस्वातिनी र लिबियालाई पनि सो प्रस्ताव गरेको बताइएको छ । तर लिबियाका दुवै सरकार ले यसलाई अस्वीकार गरेका छन्।

यसै हप्ता अमेरिकी विदेश मन्त्रालयले नाइजेरिया, इथियोपिया र क्यामरुनका नागरिकहरूलाई दिइने नन इमिग्रेन्ट भिसामा कडा प्रतिबन्ध लगाएको छ ।

अब ती देशका नागरिकहरूलाई दिइने भिसाहरू केवल ३ महिनाका लागि र एकपटक मात्रै प्रयोग गर्न मिल्ने हुनेछन्। नाइजेरियाले यसमा आपत्ति जनाउँदै यो प्रतिबन्ध पारस्परिक नभई अमेरिकाको आप्रवासन दबाबसँग सम्बन्धित रहेको बताएको छ।

नाइजेरियाले भने अमेरिकासँग खनिज, तेल र ग्याससम्बन्धी नयाँ सम्झौता गर्न तयार रहेको बताएको छ । तर सार्वभौमिकतामा सम्झौता नगर्ने उसले स्पष्ट पारेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.