राजनीति

देउवा समूहद्वारा शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले शशांक कोइरालाको नेतृत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।

शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको जानकारी गराइएको हो।

देउवा समूहले साउन २९ गते काठमाडौँमा भेला गर्दै छ। विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति भएपछि देउवा समूह असन्तुष्ट रहँदै आएको छ।

पार्टी एकताका लागि सभापति थापा इच्छुक नदेखिएको र आफूहरू राष्ट्रिय भेला गर्ने अवस्थामा पुगेको संयोजक कोइरालाले बताए।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्