राजनीति
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने एमालेको निर्णय
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने निर्णय गरेको छ।
बैठकले संसदीय दलका नेता जगन्नाथ थपलियालाई भने दलको नेतामै निरन्तरता दिने गरी सहमति गरेको छ।
यस्तै, एमालेको पक्षमा सहमति निर्माण गर्न अन्य राजनीतिक दलसँग समन्वय गर्ने जिम्मेवारी किरण थापा, केशव पोखरेल, भारती पाठक, दिनेशचन्द्र देवकोटा र भरत केसीलाई दिने निर्णय बैठकले गरेको छ।
मुख्यमन्त्री चयनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन उक्त टोलीले अन्य दलसँग छलफल तथा समन्वय गर्ने बताइएको छ।