राजनीति

तीन ठूला दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेश विपरीत : सभापति थापा

नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको भनाई थियो।

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन ठूला दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएको भन्दै पार्टीले यसलाई अस्वीकार गर्ने बताएका छन् ।

सभापति थापाले सत्ताका लागि सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गर्दै विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले सत्ता नै सबै कुरा हो भन्ने सोचले राजनीतिको साख गिरेको बताउँदै अब दलहरूले नागरिकको म्यान्डेटप्रति इमानदार हुनुपर्नेमा जोड दिए।

आइतबार ललितपुरमा आयोजित पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गरेका हुन्।

नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको भनाई थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्