डायस्पोरा

नेपाली जनसम्पर्क समिती कोलोराडोद्धारा आयोजित समर पिकनिक भोजन, भेटघाट र रमाइलो गर्दै सम्पन्न

शनिबार दिउसो ३ बजेदखी ७ बजेसम्म संचालित पिकनिकमा आयोजक कमिटीले घर घरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागीसबैलाई निशुल्क बितरण गरेका थिए । समारोहमा सहभागीहरुले नेपाली लोकगितमा नाचगान गरि रमाइलो गरेका थिए ।

नातिबाबु भट्ट, कोलोराडो। कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक शनिवार सम्पन्न भयो ।

कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, कलाकार, व्यवसायी, तथा नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य कुमारजंग कार्कि पूर्व उपाध्यक्ष धर्मराज श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य गोबिन्द लम्साल, नेपाली घरका अध्यक्ष गंगा चौलागाइ, रकी माउन्टेण्ड फ्रेन्स अफ नेपालका अध्यक्ष हरि गुरुङ लगायत कोलोराडोमा सकृय बिभिन्न संघ संस्था पदाधिकारी तथा पूर्व पदाधिकारी, आयोजक संस्थाका पदाधिकारी लगायतका महानुभावहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको शुरुमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रमा सहभागी सबैलाइ स्वागत गर्दै यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।

शनिबार दिउसो ३ बजेदखी ७ बजेसम्म संचालित पिकनिकमा आयोजक कमिटीले घर घरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागीसबैलाई निशुल्क बितरण गरेका थिए । समारोहमा सहभागीहरुले नेपाली लोकगितमा नाचगान गरि रमाइलो गरेका थिए ।

संस्थाले सन् २०१२ देखी नेपालीहरु बिच भेटघाट एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्