इमिग्रेशन अपडेट

आइसको घातक गोलीकाण्डपछि देशभरी विरोध प्रदर्शन, प्रदर्शनकारीद्वारा न्यायको माग

यसैबीच, फ्लोरिडा हाइवे पेट्रोलले जनाएअनुसार शनिबार सेन्ट अगस्टिनमा आप्रवासन तथा भन्सार प्रवर्तन, (आइस) अधिकारीहरूबाट भाग्दै गरेका एक व्यक्तिलाई ट्र्याक्टर-ट्रेलरले ठक्कर दिँदा उनको मृत्यु भएको छ । उक्त घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।

लस एन्जलस। अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइस) को विरोधमा प्रदर्शनकारीहरू डाउनटाउन फिनिक्समा भेला भएर निरन्तर प्रदर्शन गरेका गरिरहेका छन्।

प्रदर्शनकारीहरूले संघीय निकाय आइस खारेज गर्न माग गर्दै हालै सवारी साधन रोक्ने क्रममा गोली चलाउने अधिकारीहरूलाई पक्राउ गरी कारबाही गर्न पनि माग गरिरहेका छन्।

आजै अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) एजेन्टद्वारा भएका दुई घातक मुठभेडहरूको विरोधमा शनिबार ओर्लान्डोमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले न्याय, बढी पारदर्शिता र आप्रवासन प्रवर्तन अभ्यासहरूमा परिवर्तनको आह्वान गर्दै करी फोर्ड रोड र सेमोरन बुलेभार्डमा प्रदर्शन गरेका छन् ।

ह्युस्टनका लोरेन्जो साल्गाडो अराउजो र मेनका जोहान सेबास्टियन डुरानको हालै भएको मृत्युको विरोधमा सहरको मुख्य भागमा रहेको ‘सिभिक स्पेस पार्क’ मा मानिसहरू भेला भएका थिए।

घातक गोलीकाण्डहरूपछि संघीय निकायले सवारी साधन रोक्ने कार्य रोकेको भोलिपल्टै यो प्रदर्शन भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधन रोक्ने कार्यलाई अपराध नियन्त्रणको प्रभावकारी माध्यम भन्दै यसलाई निरन्तरता दिन उक्त निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार, यदि कम्तीमा एकजना अधिकृतले ‘बडी क्यामेरा’ (शरीरमा जडान गरिने क्यामेरा) लगाएको खण्डमा मात्र सवारी साधन रोक्न सकिने व्यवस्था गरिएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जुलाई १६ मा दिएको जानाकरी अनुसार आइसका आधाभन्दा बढी फिल्ड अधिकारीहरूसँग बडी क्यामेराहरू छन् र बाँकी अधिकारीहरूले ६० दिनभित्र ती प्राप्त गर्नेछन्।

लेभिटले भनिन्, ‘हाम्रा कानुन कार्यान्वयन गर्ने पेशेवरहरू—उनीहरूको कल्याण होस्—ले देशभरि नै आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गरिरहेका छन्; यसमा अत्यन्तै जघन्य र हिंस्रक अपराधमा दोषी ठहरिएका व्यक्तिहरू पनि समावेश छन्।’

प्रदर्शनकारीहरूले जारी निर्वासन प्रक्रियाका लागि दुवै राजनीतिक दल उत्तिकै जिम्मेवार रहेको बताएका छन् ।

होमल्याण्ड सेक्युरिटी विभागका अनुसार संघीय आप्रवासन अधिकारीहरूमाथि हुने आक्रमणका घटनाहरू पनि बढेका छन्।

यसैबीच, फ्लोरिडा हाइवे पेट्रोलले जनाएअनुसार शनिबार सेन्ट अगस्टिनमा आप्रवासन तथा भन्सार प्रवर्तन, (आइस) अधिकारीहरूबाट भाग्दै गरेका एक व्यक्तिलाई ट्र्याक्टर-ट्रेलरले ठक्कर दिँदा उनको मृत्यु भएको छ । उक्त घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्