एक्सक्लुसीभ

सान फ्रान्सिस्को । आगामी आइतबार, १० मे २०२६, आमाको मुख हेर्ने दिन । तर क्यालिफोर्नियाका नेपालीहरु “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् – “जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो मान्दै ” मातृभूमि सम्झेर नेपाल डे परेडको सहभागीता मार्फत नेपाली गित, संगीत, संस्कृति र मौलिकता सहित परदेशको यो सडकमा पहिचान खोज्न पैदल यात्रा गर्ने तयारीमा जुटेका छन् ।

नेपाल डे परेडको अन्तिम तयारीमा जुटेका गैर आवासिय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष कुल प्रसाद ढकाल ‘केपी’ हजारौ नेपालीहरू भेला हुने अनुमान गर्दै रातो र नीलो रंगको त्रिकोणीय ढाँचामा सजिएका मातृभूमि नेपालको राष्ट्रिय झन्डाहरुको ताँती र “नेपाल बुद्धको देश हो” लेखिएका ब्यानरहरूको क्रमवद्ध लाइनको मनमोहक दृष्य कल्पिरहेका छन् ।

“म नेपाली अमेरिकन भएकोमा गर्वको अनुभूति गर्छु,” गैर आवासिय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तिलक रानाले भने। “नेपालका प्रत्येक जात, भाषा, धर्म संकृति अद्वितीय छन् त्यसैले हामीले एकसाथ रमाउन र एक अर्कालाई नेपाल डे परेड मार्फत जोड्ने निर्णय गर्यौं। नेपाल डे परेड आयोजना र निरन्तरताको मुख्य सोच यहि हो।”

सान फ्रान्सिस्कोबाट झन्डै आठ हजार माइलको दुरीमा रहेको हिमाली देशमा वर्ष भरि पर्व मनाउँछ । यतिबेला खेति लगाउने र भित्र्याउने चटारो संगै मातृभूमि नेपाल वर्षातमा भिजेको छ तर सान फ्रान्सिस्कोमा चिसो हावा चलिरहने मौसममा नेपाल डे परेडका सहभागीहरू नेपाली धुन, संस्कृति र नृत्यमा मार्च गर्न यस बर्ष पनि लालायित छन् ।

“नेपालीहरूको जनसंख्या क्यालिफोर्नियामा बढिरहेको छ,” परेडका प्रमुख आयोजक एनआरएनए अध्यक्ष केपी ढकालले भने। उनले क्यालिफोर्नियामा नेपालीहरू आफु बसेको शहरलाई नेपाली संस्कृति र पहिचान देखाउन चाहन्छन ।”

उपाध्यक्ष तिलक राना भन्छन, “नेपाल डे परेडमा मार्च गर र नेपालसंगै आफुलाई पनि चिनाउ । “नेपाली समुदाय एकसाथ परेडमा आउदा र एकअर्कालाई सहयोग गरेको देख्दा परेड आयोजना गरेकोमा खुशी लाग्छ ।”

आयोजक केपी ढकाल भन्छन, ‘क्यालिफोर्नियामा बसोबास गर्ने शेर्पा, मगर, राई लिम्बु, गुरुङ्ग, मगर समुदायको बहुल संस्कृतिको संगम हुनेछ नेपाल डे परेड ।’

गैर-आवासीय नेपाली संघको क्यालिफोर्निया च्याप्टरद्वारा आयोजित परेड बिहान ११ बजे सुरु हुने तालिका रहेको छ । सान फ्रान्सिस्को सिटि हलबाट सुरु भै फेरी बिल्डिंगमा गएर समापन हुनेछ ।

आयोजक एवं संघका अध्यक्ष ढकालका अनुसार नेपाल डे परेडमा सान फ्रान्सिस्को सिटीका अधिकारीहरु पनि सहभागी हुनेछन । नेपाल डे परेडमा तपाइलाई पनि चुल्हे निम्तो छ है ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्