डायस्पोरा

उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

काठमाडौँ । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार आक्रमणमा परी नेपाली नागरिकको निधन भएको दुःखद् खबर प्राप्त भएलगत्तै घटनाको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँका सम्बद्ध सरकारी निकाय तथा सम्बन्धित कम्पनीसँग निरन्तर र नजिकको सम्पर्कमा रहेर घटनाबारे थप जानकारी लिने काम गरिरहेको मन्त्रालयले जनाएको छ।

यस विषयमा आधिकारिक निकायबाट थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्