नेपाल

तराईका चार जिल्लामा कडा सुरक्षा, क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँ । पछिल्लो समय उत्पन्न सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै तराईका चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासनका अनुसार सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाका तोकिएका क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु लागू गरिएको हो ।

सुनसरी: जिल्लाका १० वटै स्थानीय तहमा मङ्गलबार रातिदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

सिरहा (गोलबजार क्षेत्र): पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को क्याम्पस वरपरको क्षेत्रमा दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

सिरहा (लहान क्षेत्र): पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिम सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म, उत्तरमा खुट्टी खोलासम्म र दक्षिणतर्फ पूर्व-पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ।

धनुषा: जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रमा दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

पर्सा: वीरगञ्ज महानगरपालिकाका पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

स्थानीय प्रशासनले शान्ति-सुरक्षा कायम राख्न सबै नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न र संयमता अपनाउन आग्रह गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्