नेपाल

पृथ्वी राजमार्गमा पहिरो खस्यो, सवारी आवागमन प्रभावित

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेस्थित सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।

आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट खसेको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिकसहित १५ जना र प्रहरी चौकी डुम्रेबाट ५ जना गरी २० जनाको टोली घट्नास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार पहिरो हटाइ सडक दुवैतर्फ सञ्चालनमा ल्याउन आवश्यक पहल र समन्वय भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्