खेलकुद

पारा तेक्वान्दो खेलाडी रेनु तामाङलाई वाइल्ड कार्ड

काठमाडौं। पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् । बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन् ।

रेनु हाल विश्व वरीयतामा २६ औं तथा एसियाली वरीयतामा १३ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षक समेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा जनाएका छन् ।

२०८२ मंसिर २१ देखि २८ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के– ४४ क्याटागोरीअन्तर्गन महिला ४७ केजीमुनि कास्य पदक जितेकी थिइन् ।

रेनुले मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसि– २०२५ तथा मंगोलियामा भएको ११ औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप– २०२६ मा सहभागिता जनाएकी थिइन् ।

रेनुसंगै कार्तिक १ देखि ७ गतेसम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म २ खेलाडीको सहभागिता पक्का भएको छ । यसअघि पलेशा गोवर्धन वरीयताका आधारमा छनौट भईसकेकी छन् ।

पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले पहिलो संस्करणदेखि नियमित भाग लिदै आएको छ । एसियाली पारा खेलकुदमा पदक जित्ने पलेशा नेपालकी एक्लो खेलाडी हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्