खेलकुद

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

काठमाडौं । चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता कात्तिक १३ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा क्योरुगी र पुम्सेमा गरी जम्मा ६४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रोशन खानले जनाएका छन् । क्योरुगीमा ५४ र पुम्सेमा १० स्पर्धामा खेल हुनेछ ।

नेपालबाट आयोजकको २ र सात प्रदेश गरी ९ टिम सहभागी हुने प्रतियोगिता संयोजक प्रज्ज्वल दवाडीले जानकारी दिए । नेपाली खेलाडीलाई सहभागिता निःशुल्क गरिएको छ भने उनीहरुलाई आयोजकले खाना र बसोवासको व्यवस्था गर्ने छ ।

विदेशी खेलाडीको हकमा दर्ता शुल्क ५० अमेरिकी डलर लाग्ने छ । सोही शुल्कमा आयोजकले उनीहरुको खाना र बसोवासको प्रबन्ध मिलाउने छ ।

बागमती सरकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । क्योरुगी र पुम्सेमा उत्कृष्ट हुने पुरुष÷महिला खेलाडीलाई १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई जनही १ सय अमेरिकी डलर नगदबाट पुरस्कृत गरिने छ ।

तीनदिने प्रतियोगिताका खेलहरु चितवनस्थित स्टार बैंक्युटमा खेलाइने छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर २० तारिखसम्म नाम दर्ता गराउनु पर्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्