इमिग्रेशन अपडेट

अवैध आप्रवासन नियन्त्रण गर्ने उद्धेश्यले ल्याइएको ‘प्रोपोजिसन ३१४’को केही अंश रोक्न न्यायाधीशद्वारा अस्वीकार

जनमतद्वारा अनुमोदित र भर्खरै लागू भएको उक्त नियमको एउटा अंशले अर्को देशबाट एरिजोनामा गैरकानूनी रूपमा प्रवेश गर्नुलाई सामान्य अपराध मान्छ र राज्यका न्यायाधीशहरूलाई देशनिकालाको आदेश दिने अधिकार प्रदान गर्दछ।

एरिजोना। एक संघीय न्यायाधीशले हालका लागि राज्यका अधिकारीहरूलाई गैरकानूनी आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले मतदाताहरूबाट अनुमोदित उपायको एउटा अंश कार्यान्वयन गर्नबाट नरोक्ने निर्णय गरेका छन्।

करिब ९० मिनेटको बहस र छोटो विश्रामपछि, न्यायाधीश माइकल लिबुर्डीले आप्रवासी सहायता समूहको दाबी—कि ‘प्रोपोजिसन ३१४’को कार्यान्वयनबाट आफूहरूलाई अपूरणीय क्षति पुग्नेछ—केवल अनुमानमा आधारित रहेको फैसला सुनाए।

जनमतद्वारा अनुमोदित र भर्खरै लागू भएको उक्त नियमको एउटा अंशले अर्को देशबाट एरिजोनामा गैरकानूनी रूपमा प्रवेश गर्नुलाई सामान्य अपराध मान्छ र राज्यका न्यायाधीशहरूलाई देशनिकालाको आदेश दिने अधिकार प्रदान गर्दछ।

आप्रवासी सहायता समूहले यो कदम संबैधानिक ‘सर्वोच्चताको प्रावधान’को उल्लंघन भएको तर्क गरेको छ; उक्त प्रावधानले आप्रवासनसम्बन्धी विषयमा संघीय सरकारलाई व्यापक अधिकार प्रदान गर्दछ।

मुद्धाको सो अंशसम्बन्धी सुनुवाई जारी रहने बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्