मनोरंजन

काठमाडौँ । दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रीय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’ को प्रदर्शन मिति तय गरिएको छ । 

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । चलचित्रका अन्य कलाकारमा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको प्रमुख अभिनय रहेको छ ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायाङ्कन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको सङ्गित समावेश छ ।

फिल्मका गीतहरूमा सुगम पोखरेल, मेलिना राई,  पवन गिरी,  मनोज महतो, मनोज थापा मगरले स्वर भरेका छन् । पाश्र्व ध्वनि मनिष निरौलाको छ । चलचित्रलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा) को सङ्गम भएको बताउनुभयो । समाजमा देखिँदैआएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा फिल्म तयार भएको उहाँको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्