अमेरिका

शुक्रबार ५ जना कागजपत्र बिहिन आप्रवासीहरू पक्राउ

लस एन्जलस ।  शुक्रबार, अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस)ले ५ जना विभिन अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरू पक्राउ गरेको छ ।

आइसका एजेन्टहरूले ठूला शहरहरूमा विनाश मच्चाइरहेका विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरूलाई लक्षित गर्दै चलाएको अभियान जारी राखेका छन्।

डिएचएस प्रवक्ताले भने, ‘शुक्रबार राती आइसले ह्युस्टन, न्यूयोर्क शहर, साल्ट लेक सिटी, सान डिएगो र एटलान्टा लगायत देशभरका विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारी राखेको थियो । आपराधिक अवैध आप्रवासीहरूका लागि कतै पनि सुरक्षित आश्रय छैन। यदि तपाईं गैरकानूनी रूपमा अमेरिका आउनुभयो र कानून तोड्नुभयो भने, हामी तपाईंलाई पक्राउ गर्नेछौं, तपाईंलाई देश निकाला गर्नेछौं ।’

शुक्रबार पक्राउ परेका विभिन्न अपराधमा आरोपित कागजपत्र बिहिन आप्रवासीहरू इरानका हुसेन शरिफी, भियतनामका मिन्ह फान, सुडानका आदम अहमद, ग्वाटेमालाका एलिसियो पेरेज-एस्क्विवेल र मेक्सिकोका अगस्टिन मार्टिनेज जुनियर रहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.