क्यालिफोर्निया

लस एन्जलसमा शक्तिशाली भूकम्पको धक्का, परकम्पको संभावना

क्यालिफोर्निया आपतकालीन सेवा कार्यालयले सम्भावित असरहरूको आकलन गर्न स्थानीय अधिकारीहरूसँग मिलेर सक्रिय रूपमा काम गरिरहेको जनाएको छ। उक्त निकायले सामाजिक सञ्जालमा भनेको छ, "भूकम्प कहिले जान्छ भन्न सकिँदैन, त्यसैले परकम्पहरू आउन सक्ने कुरालाई ध्यानमा राखी पूर्वतयारी अवस्थामा रहनुहोस्।"

लस एन्जलस। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, शनिबार बिहान दक्षिणी क्यालिफोर्नियाको तट नजिक, म्यानह्याटन बिचबाट करिब ३.७ माइल पश्चिम-दक्षिणपश्चिममा ५.० म्याग्निच्युडको भूकम्प गएको छ। युएसजीएस का अनुसार, यो भूकम्प बिहान ९:३० बजे (प्यासिफिक समय) गएको हो र यसको केन्द्रबिन्दु करिब ७.६ माइल गहिराइमा थियो।

लस एन्जलस दमकल विभाग (एलएएफडि) की प्रवक्ता लिन्डसे ल्यान्ट्जले एक अद्यावधिक जानकारीमा भनिन्, “हालसम्म कुनै संरचनात्मक क्षति वा मानवीय चोटपटक लागेको प्रारम्भिक खबर प्राप्त भएको छैन।” ल्यान्ट्जका अनुसार, एलएएफडिअहिले ‘भूकम्प अवस्था’मा सक्रिय छ; विभागका १०६ वटै दमकल केन्द्रका कर्मचारीहरू आ-आफ्नो क्षेत्रमा जमिन, हावा र समुद्रका माध्यमबाट रणनीतिक सर्वेक्षण गरिरहेका छन्।

लस एन्जलसकी मेयर करेन बासले ‘एक्स’मा लेखेकी छिन्, “अहिलेसम्म ठूलो क्षतिको कुनै खबर छैन, तर सहरभरि पर्न सक्ने सम्भावित असरहरूको आकलन गर्न एलएएफडि ‘भूकम्प अवस्था’ मा सक्रिय छ। सहरका टोलीहरूले निरन्तर निगरानी गर्नेछन् र आवश्यकता अनुसार जानकारी अद्यावधिक गर्नेछन्।”

क्यालिफोर्निया आपतकालीन सेवा कार्यालयले सम्भावित असरहरूको आकलन गर्न स्थानीय अधिकारीहरूसँग मिलेर सक्रिय रूपमा काम गरिरहेको जनाएको छ। उक्त निकायले सामाजिक सञ्जालमा भनेको छ, “भूकम्प कहिले जान्छ भन्न सकिँदैन, त्यसैले परकम्पहरू आउन सक्ने कुरालाई ध्यानमा राखी पूर्वतयारी अवस्थामा रहनुहोस्।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्