साहित्य

अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित

अमेरिका । प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सोमबार जारी गरेको सूचनाअनुसार उपाध्यक्षमा राम खत्री, महासचिवमा प्रकाश नेपाल र कोषाध्यक्षमा नेत्रबन्धु पोख्रेल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा ईश्वरी भट्ट, सन्ध्या पहाडी र नीलकण्ठ सुवेदी निर्वाचित भएका छन् । निर्वाचित समितिको चार वर्षे कार्यकाल रहने विधानमा व्यवस्था छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्