खेलकुद

१०औँ राष्ट्रिय खेलकुद: १६ स्वर्णसहित बागमती च्याम्पियन

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

बागमतीले सर्वाधिक १६ स्वर्ण पदक, ९ रजत, १० कास्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बन्दा दोस्रो स्थानमा रहेको एनआरएन टिमले १२ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल २० पदक जित्न सफल भएको छ ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण १५ रजत र १७ कास्य गरी कुल ३९ पदकसहित तेस्रो, नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कास्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्ण पदकसहित पाँचौँ र सुदूरपश्चिमले २ स्वर्ण, ४ रजत र १ कास्य गरी कुल ७ पदकसहित छैटौँ स्थान हासिल गरेको छ ।

यसैगरी प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टिम च्याम्पियन बनेको छ । प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गरेका छन् ।नेपाली पौडीमा एउटै इभेन्ट्समा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भङ्ग गर्नु पनि नयाँ कीर्तिमान हो ।यसअघि इभेन्टमा यसअघि असिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो ।

शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।रजत जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कास्य जित्ने आर्मीकै असिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा पूरा गरेका थिए ।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो रेकर्डमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाउने क्रममा पुलिसका काल्किन श्रेष्ठले स्वर्ण पदक (९ मिनेट ०३.२१ सेकेन्ड), सुदूरपश्चिमका अर्थभ सिंहले रजत (१०मिनेट ०१.९६ सेकेन्ड), पुलिसका रचित बुढाथोकीले कास्य पदक (१०मिनेट ३३.६८ सेकेन्ड) जिते । यस इभेन्ट्समा यसअघि काल्किनको ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो ।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनका लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।यसअघि डुअना लामाको नाममा २ मिनेट३५.२९ सेकेन्डको कीर्तिमान थियो । आर्मीकी डुअनाले रजत (२मिनेट ३९.९४ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले कास्य (३ मिनेट ०३.१३ सेकेन्ड) पदक जितिन् ।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनलिली बोहराले स्वर्ण (४ मिनेट ४३.११ सेकेन्ड), आर्मीकी डुअना लामाले रजत (४ मिनेट ५२.६२ सेकेन्ड) र एनआरएन मिखा काया थापाले कास्य (५मिनेट ०२.७६ सेकेन्ड) मा जितिन् ।

पुरुष २०० मिटर इन्डिभिजुअल मिडलेमाबागमतीका अभिभ प्रधानले स्वर्ण (२ मिनेट १६.९६ सेकेन्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२ मिनेट २०.१६ सेकेन्ड), पुलिसकै काल्किन श्रेष्ठले कास्य (२ मिनेट २२.०९ सेकेन्ड) पदक जिते ।

महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुअना लामाले स्वर्ण (१ मिनेट १९.९२ सेकेन्ड), एनआरएन लिलीले रजत (१ मिनेट २२.५५ सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले कास्य (१ मिनेट २४.१८ सेकेन्ड) पदक जितिन् ।

पुरुष १०० मिटर ब्रेस्ट स्ट्रोकमा कोशीका विकास कुमालले स्वर्ण (१ मिनेट ०८.२५ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (१ मिनेट ०८.६४ सेकेन्ड), बागमतीका आरिक कर्माचार्यले कास्य पदक (१मिनेट १६.६४ सेकेन्ड) जित्न सफल भए ।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएन मिखा काया थापाले स्वर्ण (२९.१५ सेकेन्ड), बागमतीकी आर्या महर्जनले रजत (२९.४९ सेकेन्ड), बागमतीकै रोयल प्रजापतिले कास्य (३०.०९ सेकेन्ड) जितिन् ।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण (२५.६२ सेकेन्ड), बागमतीका अभिभ प्रधानले रजत (२४.६८ सेकेन्ड) र आर्मीका अल्भि महर्जनले कास्य (२५.०२ सेकेन्ड) जिते ।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा पूरा गर्दै स्वर्ण, आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डसहित रजत र पुलिसले ४ मिनेट ४४.४० सेकेन्डसहित कास्य जित्यो ।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमाबागमतीले स्वर्ण (१ मिनेट ४१.९२ सेकेन्ड), पुलिसले रजत (१ मिनेट ४४.२६ सेकेन्ड) र आर्मीले कास्य (१ मिनेट ४४.४७ सेकेन्ड) जित्यो ।

महिला ४ गुणा ५० मिटर मिडले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट १६.०१ सेकेन्ड), पुलिसले रजत (२ मिनेट १९.७६ सेकेन्ड) र आर्मीले कास्य (२ मिनेट २०.०१ सेकेन्ड) जित्यो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्