खेलकुद

एनपिएलः साबिक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौँ । साबिक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । 

आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।

आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र  निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि  मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।

लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । कर्णालीले छ खेल खेल्दा चारमा हार र दुईमा मात्र जित निकालेको छ । उसको चार अङ्क मात्र छ ।

यस्तै लुम्बिनी छ खेलमा चारमा जित र एकमा हारसहित ९ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्