एक्सक्लुसीभ

टेस्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक टी-२० सिरिज

काठमाडौँ । नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ। तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो। सिरिजका दुई खेलमा लगातार विजयी भएको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग पराजित भएको छ।

एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले फाइनल गुमाएको हो। सयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदान सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो।

फाइनलमा १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १० विकेटको जित निकालेको छ। १२ ओभर दुई बलमा ओभरमा १२३ रनको लक्ष्य भेट्टाउँदै वेस्ट इन्डिजले सिरजिको अन्तिम खेलमा सान्त्वना जित निकालेको हो।

पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले युनिटी कप टी-२० सिरिज एक खेल अगाडि नै उचालेको हो। फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ। वेस्ट इन्डिजसँग सिरिज खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको हो। यो सिरिजका तीनै खेलमा सन्दीप लामिछाने सहभागी भएनन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.