एक्सक्लुसीभ

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ बीरगञ्जबाट पक्राउ 

वीरगञ्ज  । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले आज राती ९ बजे बीरगन्जबाट पक्राउ गरेको छ ।

प्रसाईँलाई वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  पर्साले जनाएको छ ।

उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईँसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

राजनीतिक भेटघाट तथा वीरगञ्जस्थित गहवामाई मन्दिरमा पूजापाठ गर्ने उद्धेश्यसहित आएका प्रसाईँ आज साँझ सिमरा हुँदै वीरगन्ज आइपुगेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्