एक्सक्लुसीभ

गभर्नर न्यूसमद्वारा तीन पुनरावेदन अदालतको न्यायाधीशहरूको मनोनयन

पुरुषोत्तम ढकाल, लस-एन्जलस । गभर्नर गेभिन न्यूसमले आज तीन पुनरावेदन अदालतका न्यायाधीशहरूको मनोनयनको घोषणा गरे। मनोनयन गरिएकाहरुमा म्याथ्यू शेर्बलाई दोस्रो जिल्ला पुनरावेदन अदालत, डिभिजन आठको सह-न्यायाधीशको रूपमा, न्यायाधीश कोरी लीलाई चौथो जिल्ला पुनरावेदन अदालत, डिभिजन दुईको सह-न्यायाधीशको रूपमा र न्यायाधीश अर्लान ह्यारेललाई पाँचौं जिल्ला पुनरावेदन अदालतको सह-न्यायाधीशको रूपमा मनोनयन गरिएको हो ।

गभर्नरले १८ सुपीरियर कोर्टका न्यायाधीशहरूको नियुक्तिको पनि घोषणा गरेका छन् । अलामेडा काउन्टीमा तीन; बुट्टे काउन्टीमा एक; किंग्स काउन्टीमा एक; लस एन्जलस काउन्टीमा पाँच; सान बर्नार्डिनो काउन्टीमा एक; सान डिएगो काउन्टीमा एक; सान लुइस ओबिस्पो काउन्टीमा एक; सान माटेओ काउन्टीमा एक; सान्ता क्लारा काउन्टीमा तीन; र स्टानिस्लास काउन्टीमा एक मनोनयन गरेका छन् ।

लस-एन्जलस काउन्टीका म्याथ्यू शेर्बलाई दोस्रो जिल्ला पुनरावेदन अदालत, डिभिजन ८ मा सह-न्यायाधीशको रूपमा सेवा गर्न नियुक्त गरिएको छ। सान बर्नार्डिनो काउन्टीका कोरी लीलाई चौथो जिल्ला पुनरावेदन अदालत, डिभिजन दुईमा सह-न्यायाधीशको रूपमा सेवा गर्न नियुक्त गरिएको छ। फ्रेस्नो काउन्टीका अर्लान एल. ह्यारेललाई पाँचौं जिल्ला पुनरावेदन अदालतमा सह-न्यायाधीशको रूपमा नियुक्त गरिएको छ ।अलामेडा काउन्टीकी डायन मेयरलाई अलामेडा काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ।

यसैगरी अलामेडा काउन्टीकी जूली विलेन्स्कीलाई अलामेडा काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। ग्लेन काउन्टीका रुबी न्यूम्यानलाई बुट्टे काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। फ्रेस्नो काउन्टीका जिम ट्रेभिनोलाई किंग्स काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। लस एन्जलस काउन्टीकी भेरोनिका रामोसलाई लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। लस एन्जलस काउन्टीकी रेनी विलियम्सलाई लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। लस एन्जलस काउन्टीकी मेलिन्डा पोर्टरलाई लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। लस एन्जलस काउन्टीकी अमान्डा पार्कलाई लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। लस एन्जलस काउन्टीका उस्मान अब्बासीलाई लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। लस एन्जलस काउन्टीकी म्यागी याङलाई सान बर्नार्डिनो काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ।

अन्य मनोनयनमा सान डिएगो काउन्टीका टोड स्टीभेन्सलाई सान डिएगो काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा सेवा गर्न नियुक्त गरिएको छ। सान लुइस ओबिस्पो काउन्टीका केनेथ म्याकडानियललाई सान लुइस ओबिस्पो सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा सेवा गर्न नियुक्त गरिएको छ। सान माटेओ काउन्टीका माइकल माउलाई सान माटेओ काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा सेवा गर्न नियुक्त गरिएको छ। सान्ता क्लारा काउन्टीकी केमी मुस्तफालाई सान्ता क्लारा काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। सान माटेओ काउन्टीकी सारा कुकलाई सान्ता क्लारा काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा सेवा गर्न नियुक्त गरिएको छ। सान्ता क्लारा काउन्टीका मार्क फ्लानागनलाई सान्ता क्लारा काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। स्टानिस्लस काउन्टीकी सारा बर्मिंघमलाई स्टानिस्लस काउन्टी सुपीरियर कोर्टमा न्यायाधीशको रूपमा नियुक्त गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.