आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ६५ पैसा र बिक्रीदर १५३ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ०८ पैसा र बिक्रीदर १७५ रुपियाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ १५ पैसा र बिक्रीदर २०४ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ४७ पैसा र बिक्रीदर १८७ रुपियाँ २० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ६७ पैसा र बिक्रीदर १०९ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ८० पैसा र बिक्रीदर १०९ रुपियाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ७९ पैसा र बिक्रीदर १२० रुपियाँ २६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७३ पैसा र बिक्रीदर नौ रुपियाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७९ पैसा र बिक्रीदर २२ रुपियाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६५ पैसा र बिक्रीदर ४० रुपियाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५६ पैसा र बिक्रीदर ४१ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २७ पैसा र बिक्रीदर ११ रुपियाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५७ पैसा र बिक्रीदर १५ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४२ पैसा र बिक्रीदर २३ रुपियाँ ५१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४६ पैसा र बिक्रीदर १९ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ ६७ पैसा र बिक्रीदर ४९८ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ९३ पैसा बिक्रीदर ४०६ रुपियाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ४९ पैसा र बिक्रीदर ३९८ रुपियाँ ०५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।