डायस्पोरा

नर्थ क्याराइलिनामा आरटीपी दसैं फुटबल कप

नर्थ क्याराइलिना । अमेरिकाको नर्थ क्याराइलिनामा, दसैंको अवसर पारेर ‘आरटीपी दसैं कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाली समुदायबिच एकता, आपसी भाइचारा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदैआएको यो प्रतियोगिता सन् २०१७ बाट सरु भएको आयोजक विकास सापकोटाले बताउनुभयो।

अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नेपाली समुदायबिच आपसी सम्बन्ध र भाइचारा थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सापकोटाले बताउनुभयो। यो वर्षको आयोजकमा विकास सापकोटा, जीवन न्यौपाने, दीप रिशाल, टंक सेलिङ, सौरवराज बिष्ट र सन्तोस गौतम आयोजक सदस्यका रूपमा रहनुभएको छ । त्यसैगरी प्रतियोगितामा सहभागी १० टोली छन्।

आरटीपी दसैं कप करिब एक महिनासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताले नेपाली डायस्पोराबिच आपसी सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्नुका साथै नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्वलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने टिम चियाबारीका कप्तान मोहन सापकोटाले बताउनुभयो ।

यसैगरी, प्रतियोगितामा खेलाडीका रूपमा सहभागी भूपाल कोइरालाले आरटीपी दसैं कप सबै नेपालीको साझा कार्यक्रमका रूपमा विकास हुँदैगएको र यसको निरन्तरता तथा साझा मञ्च निर्माण गर्ने बताउनुभयो । अमेरिकामा बसोबास गर्ने नेपाली दोस्रो पुस्तासहित नयाँ पुस्तालाई समेत नेपाली संस्कृति, चाडपर्व र समुदायसँग जोड्ने माध्यमका रूपमा आरटीपी दसैं कपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्