खेलकुद

भ्याली पब्लिक र फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्डलाई ४६–२८ ले पराजित ग¥यो । भ्याली पब्लिककी सोनीमाया तामाङले १६ अंक जोडिन् । फेरिल्यान्डले केभीकेएसएसले ३७–२५ ले हरायो । फेरिल्यान्डकी सन्दिपा राईले ९ स्कोर गरिन् ।

सिनियर गल्र्समै न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–१५ तथा तेजस्वी एकेडेमीले जेबी स्कुललाई ३५–२४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । न्युटनकी इरेनी राणाले १६ तेजस्वीकी निशा पण्डिले १२ अंक बटुले ।

सिनियर ब्वाइजमा मार्वलसले टीआईएलाइै ६७–४७, लालीगुराँस नेसनल एकेडेमीले किङडमलाई ५६–४०, पारामाउन्ट एकेडेमीले बीएनएलाई ३१–२५, न्युटनले भद्रकालीलाई ४८–२२, भ्याली पब्लिकले जेबीलाई ५८–४० र बीएमसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५६–३६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।

मार्वलसका सिनेप शाहीले १७, लालीगुराँसका प्राण मल्लले १९, पारामाउन्टका सविन तामाङले ११, न्युटनका सविन राईले ८, भ्याली पब्लिकका अशोक विकले १७ र बीएमसीएका विमल गुरुङले २९ अंक जोडे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्