खेलकुद

नेपाली खेलाडी दिपक छन्त्याललाई हाप्किडोमा स्वर्ण र मेग्मा गुरुङलाई कांस्य पदक

काठमाडौं । दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् ।

प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।

८०–८४ केजीतौल समूहमा प्रतिस्पर्धा गरेका दिपकले स्वर्ण पदक जित्ने क्रममा तीन चरणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा उनले जर्मनीका खेलाडीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरे ।

त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे । फाइनलमा दिपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।

दुवै खेलाडीको सफलतालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले बताए । उनले नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्