खेलकुद

ज्ञान कार्निभल फुटबलमा इस्टपोल विजयी

काठमाडौं । इस्टपोलले ३२ औं स.बल ज्ञान कार्निभल अन्तर्गत गल्र्स फुटबलमा बिहीबार जित हात पारेको छ ।

इस्टपोलले लिटिल एन्जल्स (एलए) लाई २–० गोलले पराजित गर्यो । रिटछेन तामाङ र माया तामाङले गोल गरे । आयोजक ज्ञानोदय बालवाटिका र त्रियोगले गोलरहित बराबरी खेले ।

ब्वाइज फुटबलमा डिएभीले मल्पीलाई १–० गोलले हरायो । डिक्सनले निर्णायक गोल गरे । एलएले राई स्कुलमाथि १२–० को सहज जित दर्ता ग¥यो । अक्षय श्रेष्ठले ३, दिपेश थान्जु, अन्सिप मगर र अर्नव राईले २–२ तथा जिमी लामा, रुपम ओली र मेसी राईले समान १–१ गोल गरे ।

गल्र्स बास्केटबलमा रातो बंगलाले डिएभीलाई २२–२१ तथा ज्ञानोदयले एलएलाई ३३–१२ ले पाखा लगाए । रातो बंगलाकी आयषा जफरले ७ तथा ज्ञानोदयकी सुवेक्षा वज्राचार्यले १४ स्कोर गरे ।

ब्वाइज बास्केटबलमा ज्ञानोदयले डिएभीलाई ४१–२९ तथा मल्पीले जेम्सलाई ३३–२३ ले पन्छाए । ज्ञानोदयका रणवीर बस्ताकोटी र मल्पीका कुशल गुरुङले समान १४–१४ अंक बटुले ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्