खेलकुद

विश्व चेस च्याम्पियनसिपमा विश्वविजयलाई सफलता

काठमाडौँ । विश्व बुद्धिचाल महासङ्घको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गर्नुभएको छ ।

उहाँले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकाल्नुभयो । भारतस्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ पहिलो चरणको खेलमा विश्वले कालो गोटी लिएर सिसिलियन  प्रणालीमा प्रतिउत्तर खेल सुरु गर्नुभएको थियो ।

स्पर्धाको २१औँ चालसम्म बराबरी अवस्थामा रहेको खेलमा २२औँ चाल पुग्दा विश्वले आक्रमण सुरुवात गर्नुभयो । फल स्वरुप खेलको २७औँ चालमा सिपाही एउटा फाइदा लिनुभयो ।

नेपाली खेलाडीको  लगातार आक्रमणबाट रक्षात्मक अवस्थामा पुगेका भारतका दिनेशले ३२औँ चालमा अर्को ठूलो गल्ती गर्न पुग्नुभयो । जसको फाइदा उठाउदै विजयले दिनेशलाई ३८औँ चालमा खेल त्याग्न बाध्य हुनुभयो ।

स्वीस लिग प्रणालीअनुसार नवौँ चरणसम्म संचालन हुने खेलमा विश्वविजय घिमिरेसहित प्रतियोगिताका शिर्षस्थानमा पोल्यान्डका आइएम मर्सिन मोलेण्डा, इजरायलका आईएम आन्द्रेस गोर्वानोभ, आर्मेनियाका एफएम सर्गिस सर्गिस्यान, काजकिस्तान एफएम सेरिक सोल्तानोभ, रसियाका सेरेब्रियाकोभ सेर्गेइ, भारतका जि एजिलारासिले सफलता हात पार्दै एक एक अङ्क जोड्नुभएको छ । प्रतियोगितामा १७ राष्ट्रका ९७ जना खेलाडीको सहभागिता रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.