डायस्पोरा
भोटेकोशी बाढिपिडितलाई अन्तराष्ट्रिय नुवाकोट समाजको सहयोग
लस एन्जलस ! प्रवासी नुवाकोटेहरुको साझा संस्था अन्तराष्ट्रिय नुवाकोट समाजले भोटेकोशी बाढिपिडित र क्यान्सर रोगका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
गत भदौ १० गते त्रिशुली नदीमा आएको विनाशकारी बाढिबाट पिडितहरुका लागि प्रधानमन्त्रि दैवीप्रकोप राहत कोषमा ३४८६८८ रुपियाँ र बेलकोटगढि -१२ मदानपुरकि क्यान्सर पिडित बिरामी मनु भेटुवाल लाइ ५० हजार रुपियाँ सहयोग गरिएको सस्थाका अध्यक्ष ईन्द्र सिटौलाले जानकारी दिएका छन्।
राष्ट्रिय विपत्तिको घडिमा बाढिपिडितहरुका लागि सहयोग गर्नु सबै नेपालीको कर्तब्य भएको महसुस गरि अमेरिका निवासी विभिन्न संस्थामा आवद्ध नुवाकोटेहरुबाट संकलित रकम हस्तान्तरण गरिएको उनले बताए।
संस्थाले भविष्यमा पनि विभिन्न परोपकारी कामहरु गर्दै जाने उद्धेश्य रहेको अध्यक्ष सिटौलाले जानकारी दिए।