राजनीति

कानुनी प्रक्रिया अघि बढ्छ, कांग्रेस रूपान्तरण रोकिन्न: कांग्रेस महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतले पुनरावलोकनको चरणमा प्रवेश गराएको भन्दै अदालतको कानुनी प्रक्रियाको सम्मान गर्ने बताउनुभएको छ । उहाँले कानुनी प्रक्रिया अघि बढिरहे पनि पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनस्र्थापनाको अभियान नरोकिने स्पष्ट पार्नुभएको छ ।

महामन्त्री घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्धारित भएको उल्लेख गर्नुभएको छ । उहाँले कानुनी प्रक्रियाले आफ्नो बाटो लिने तर संगठन सुदृढीकरणको अभियान अझ गतिका साथ अघि बढ्ने बताउनुभएको हो ।

उहाँले लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा रूपान्तरण गर्न नहुने बताउनुभएको छ । संवाद, संस्थागत प्रक्रिया र पार्टी विधान नै लोकतान्त्रिक पार्टीका विश्वसनीय आधार भएको उहाँको भनाइ छ ।

संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थागतभन्दा व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने घिमिरेले उल्लेख गर्नुभएको छ ।

कांग्रेसलाई अहिले विभाजनको बहस नभई एकताको संकल्प र अविश्वासको राजनीति नभई रूपान्तरणको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभएको छ । उहाँले नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्