नेपाल

बैशाख देखि हाल सम्मका विपद्का घटनामा १ सय ९६ जनाको मृत्यु

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७ गतेसम्म देशका विभिन्न भागमा चार हजार ५३ विपद्जन्य घटना हुँदा एक सय ९६ जनाको मृत्यु , एक हजार दुई सय १८ जना घाइते र ४ बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी एक हजार २४ वटा आगलागीका घटना, सर्पदंशका सात सय १६, पहिरोका छ सय ८५, हावा हुरीका चार सय ८०, चट्याङका दुई सय ३१, भारी वर्षाका दुई सय २७, वन्यजन्तु आक्रमणका दुई सय २५ , बाढीका २ सय र वन डढेलोका एक सय ९१ वटा लगाएतका विपद्का घटना भएका छन् ।

यस अवधिमा विपद्का विभिन्न घटनामा देशभरका पाँच हजार एक सय ८८ घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्