नेपाल

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बुधबार बिहान सडकमाथिबाट ठूलो चट्टान र माटोसहित पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो। सडक बन्द भएसँगै मुगु, जुम्ला, कालीकोट तथा सुर्खेततर्फ आवतजावत गर्ने दर्जनौँ सवारी साधन बिहानैदेखि रोकिएका छन् भने सयौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन्।

पहिरोका कारण यात्रुवाहक गाडीका साथै खाद्यान्न र अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारी साधनसमेत बिच बाटोमै रोकिएका छन्।

अवरुद्ध सडक सफा गरी यातायात पुनः सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी उपकरणसहितको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पहिरो पन्छाउने साधन आउन ढिलाइ भएकाले सडक खुलाउन केही समय लाग्ने कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले जानकारी दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्