तनहुँ बस दुर्घटनामा १५ जना घाइते, एकको अवस्था गम्भीर
तनहुँ । तनहुँको ब्यास नगरपालिका ७ कलेस्ती पुलस्थित दमौली भोर्लेटार भित्री सडक खण्डमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् भने बस चालक शम्शेर परियारको अवस्था गम्भीर रहेको छ।
अन्य घाइते हुनेहरूमा व्यास नगरपालिका २ कै ६० वर्षीया श्रीमाया परियार, ११ थुम्कीकी ६० वर्षकै चन्द्रमाया गुरुङ, २ बस्ने ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, ६ बस्ने २७ वर्षीया सुजिता पौडेल, १ बस्ने बर्ष ८ की सान्भी गिरी, बर्ष ४० की दिपा खान, ५१ की सीता नेपाली, बर्ष ३५ की हिरा मल्ल, बर्ष ४४ की नुनिमाया थापा रहेका छन्।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका १ की ३५ वर्षीया शान्ता गौतम, ४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता शाही, कास्की रुपा गाउँपालिका १ की ५० वर्षीया स्वस्तिकला खनाल रहेका छन्।
मंगलबार तनहुँको ब्यास नगरपालिका ७ कलेस्ती पुलस्थित दमौली भोर्लेटार भित्री सडक खण्डमा ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भइ खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको थियो। बस कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको थियो।